कमब्याकको तयारीमा राजेश हमाल,नयाँ फिल्ममा अनुबन्धित

केही समयअघि ‘सत्यम’ फिल्ममा अभिनय गर्न अनुबन्धित भएका अभिनेता राजेश हमाल पछिल्लो समय कमब्याकको तयारीमा छन्।
लामो समयदेखि फिल्मभन्दा बाहिर रहेका हमाल हाल म्युजिक भिडियोमा अभिनय गर्नेदेखि आफैं गीत गाउनेसम्म गर्न थालेका थिए। यसबीच हमाल फिल्ममा पुनः फर्किन समेत कोशिस गरिरहेका छन्।
यो क्रममा हमालले नयाँ फिल्ममा काम गर्ने निधो भएको छ। फिल्म ‘मायाको माया’मा हमाल अनुबन्धित भएका हुन्। रोहितकरण वैद्यले निर्देशन गर्ने भनिएको यो फिल्ममा हमालले काम गर्न लागेका हुन्।