‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै निर्देशक विकासराज आचार्य
निर्देशक विकासराज आचार्य आफ्नो हिट फिल्म ‘नाई नभन्नु ल’ को छैटौँ सिरिज बनाउँदै छन् । यो फिल्मको छायांकन भाद्रमा सुरु गर्ने उनको तयारी छ ।
नायिका आँचल शर्मालाई मुख्य भूमिकामा राखेर फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा विकास र सामिप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद रहनेछ ।
फिल्ममा आँचलको अपोजिटमा आदर्शवाद क्षेत्रीलाई कास्ट गर्दै निर्देशक आचार्यले नेपाली फिल्ममा भित्र्याउँदै छन् ।नयाँ अनुहारको खोजीमा रहेका निर्देशक आचार्यले केही समय अगाडि मात्र आदर्शवादलाई सेलेक्ट गरेका हुन् । आदर्शवाद यो फिल्मका लागि केही समयदेखि तयारी समेत गरिरहेका छन् ।
उनले नृत्यसँगै अभिनयको प्रशिक्षण समेत लिइरहेका छन् । सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरबाट पनि उनले शरीर बनाउन कति मिहिनेत गरिरहेका छन् भन्ने थाहा लाग्छ ।