कोरोनाको नक्कली रिपोर्टले बिमा भुक्तानीमा समस्या, अब भिडियो र फोटो जरुरी


नक्कली पीसीआर रिपोर्ट पेश गरि कोरोना बिमाको रकम भुक्तानीका लागि संक्रमितले दाबी गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न भिडियो र फोटो अनिवार्य गरिएको छ । बिमा समितिले कोरोना बिमा रकम भुक्तानीका लागि संक्रमितले अनिवार्य प्रष्ट भिडियो र फोटो देखाउनुपर्ने नियम ल्याएको हो। ।

संक्रमितले पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको फेस आइडीसँगै भिडियो देखाउनुपर्ने अनिवार्य गरिएको समितिले जनाएको छ । द्रुतगतिमा कोरोना बिमा भुक्तानी गर्न नक्कली पीसीआरका रिपोर्टका कारण समस्या भइरहेको समितिले जनाएको छ । शंकास्पद संक्रमितलाई अनुसन्धान गरेर मात्र भुक्तानी गर्ने समितिले जनाएको छ ।

हालसम्म कोरोना बिमा भुक्तानीका लागि ३३ हजार बिमितको दाबी परेकोमध्ये ५ हजारले दाबी भुक्तानी पाइसकेका छन् । करिब ७ सय जनाले पीसीआर परीक्षण गरेको नक्कली प्रमाण देखाएर रकम भुक्तानी लिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *