प्रिमियर लिगको पाँचौँ स्थानमा साउथह्याम्टन


सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको छ ।बराबरीतर्फ उन्मुख खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि विजयी गोल गरेका थिए ।खेलको २६औँ मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी मार्फत गोलगरेका थिए।

जितपछि साउथह्याम्टनको २० अंक भएको छ ।ब्राइटोन १० अंकसहित १६औँ स्थानमा छ ।

पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन ९ मिनेटअघि ड्यानी इग्सले साउथह्याम्टनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *