नबिल बैंकले एकैदिन संचालनमा ल्यायो थप १४ नयाँ शाखा
नबिल बैंकले बिहीबार मात्रै नेपालभर थप १४ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कार्यक्रमहरुको आयोजना गर्दै बैंकले धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।
बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १ सय ४८ पुगेको छ । बैंकले १ सय ८८ एटीएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ ।