बालेन शाहले दिए काठमाडौं महानगरको मेयरमा उम्मेदवारी


स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

युवाहरू माझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए । पार्टीबाट उम्मेदवारी दिँदा हस्तक्षेप हुने हुँदा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेको बालेनले बताए। साथै आफूसँग काठमाडौं महानगरपालिकाको लागि योजना र स्पष्ट एजेन्टा रहेको उनको भनाइ छ।

पाँच वर्षसम्म जनताले धेरै दुःख पाइसक्नुभयो। मसँग काठमाडौंको विकासको लागि धेरै योजनाहरू छन्। सडकदेखि खानेपानी व्यवस्थापनको कामहरू म गर्ने छु। तपाईँलाई चुनाव आउँदा घर आउने मेयर चाहियो कि पाँचवर्षसम्म घर आइराख्ने मेयर चाहियो? उनले जनतालाई प्रश्न समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *