बलात्कार आरोपी सिद्धबाबाले पाए अदालतबाट सफाइ


सुनसरी जिल्ला अदालतले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको छ।एक जना अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका गिरीलाई सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो।
सरकारी वकिलहरुको अनुपस्थीतिमै, बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरुको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएका हुन्।

सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका उनीमाथि एकजना अनुयायी महिलाले बलात्कार आरोप लगाएपछि पक्राउ गरिएको थियो।

अभियोग दाबी नपुगेको ठहरसहित सफाइ दिइएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले जानकारी दिएका छन्।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *