बार निर्वाचनमा सत्तारुढ गठबन्धनको क्लिनस्विप


नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारुढ गठबन्धननिकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ। बारको अध्यक्षमा गठबन्धनका दलहरुसमर्थित कानुन व्यवसायीको तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरे ४ हजार ४७४ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेनिकट कानुन व्यवसायी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए।

महासचिवमा गठबन्धन समर्थित कानुन व्यवसायीकै उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए। उपाध्यक्षमा गठबन्धनका दलहरुनिकट कानुन व्यवसायी सुरज सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भए।

कोषाध्यक्षमा भरत रावत विजयी भए। यस्तै सदस्यहरु (समावेशी)मा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा विजयी भए। खुला सदस्यहरुमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भए। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार मतदान भएको थियो। मतगणना भने शुक्रबार सकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *