बैशाख २ गतेदेखि आउंदैछ सिवाईसी लघुवित्तको आईपिओ


सिवाईसी नेपाल लघुवित्तले बैशाख २ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता १०० अंकित दरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो ।

जस मध्ये ०।५० प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ । बाँकि रहेको ३ लाख ६९ हजार ४ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्यनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ। आईपिओमा बैशाख ६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै असोज ११ गते बोर्डमा आवेदन दिएकोमा बोर्डले चैत्र ९ गते अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *