सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिवद्ध
गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताएका छन्।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अप्ठेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए।
गृहमन्त्री खाणले स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए।‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्न सक्छ। शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ गृह मन्त्री खाणले भने।
उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग एमसीसी जनताको पक्षमा र जनताको हितमा रहेको बताए। एमसीसी नेपालमा नदीबाट उत्पादन हुने विजुली जनताको घरघरसम्म पुर्याउन आवश्यक पर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको बताए।