फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् : महामन्त्री विश्वप्रकाश शर्मा
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनाव चिह्न रुखको हरियो रङका आधारमा मतपत्रको रङ हरियो बनाउन लागिएको भन्दै आपत्ति जनाएको भोलिपल्ट महामन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् ।“पहिला उखान थियो, भदौमा आँखा फुटेको कुन्नि केले सधैँ हरियो देख्छ ।
अहिले यो उखान परिवर्तन भएको छ,” उनले भने, “फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् ।”ओली आफ्नै फुटबाट आत्तिएको भन्दै उनले कांग्रेसको सम्भावित जितबाट तर्सिएको बताए ।