सत्ता गठबन्धनको बैठक : एमसीसी संसद्‌बाट अनुमोदन भएकोमा स्वागत


सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ।

आज (बिहीबार) बिहान बसेको चार दलीय गठबन्धनको बैठकले एमसीसी पास गराउन सफल भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको बालुवाटार स्रोतले बताएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराई सहभागी थिए। एमसीसी अनुमोदन भएको चार दिनपछि चार दलका शीर्ष नेताहरू बैठकमा बसेका हुन्।

एमसीसीलाई अनुमोदन गर्न नहुने पक्षमा रहेका मा‍‌‌ओवादी र एकीकृत समाजवादीसमेत गठबन्धन जोगाउन भन्दै एमसीसीको पक्षमा उभिएपछि स‌ंसदबाट अनुमोदन भएको थियो । लगत्तै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *