सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान,आईपीओ निष्काशनको प्रस्ताव
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आव्हान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले चैत ११ गते दिउसो ३ बजे अलोफ्ट काठमाण्डु ठमेल, छाँयादेवी कम्प्लेक्समा चौथो वार्षिक सभा आव्हान गरेको हो ।हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले रू.७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । यसका लागि सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीको आईपीओ पश्चात रू। २ अर्ब ५० करोड चुक्तापूँजी पुग्नेछ ।
आईपीओ प्रस्ताव सहित सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । सभामा सहभागी हुनका लागि शेयर प्रमाणपत्र तथा साधारण सभा प्रयोजनार्थ जारी प्रवेशपत्र अनिवार्य गरिएको छ ।