वैदेशिक रोजगारीमा जानेहरूको निःशुल्क पीसीआर परीक्षण गरिने
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूको निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने जनाइएको छ ।