प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार देउवा र नेपालबीच भेटवार्ता भएको हो । अध्यक्ष नेपाल शुक्रबारै बिहान सुदूरपश्चिम प्रदेशबाट फर्किएपछि बालुवाटार पुगेका थिए ।देउवा र नेपालबीच अमेरिकी सहयोग परियोजना ९एमसीसी०का विषयमा छलफल भएको बताइएको छ ।

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको छ ।सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूबीच एमसीसीका विषयमा अझै ठोस सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *