एमालेसमक्ष माओवादीको प्रस्ताव,मुद्दा मिल्ने विषयमा एक हौं


राजनीतिक गतिरोध बढ्दै जाँदा बिहीबार प्रमुख दलका शीर्ष नेताबीचको भेट बाक्लियो। एमसीसी प्रकरणका कारण सत्तापक्ष र प्रतिपक्ष दिनभरजसो छलफलमा व्यस्त भए। बिहान सत्ता साझेदार तीन दलले सिंहदरबारमा परामर्श गरे। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच छलफल भयो।

यस्तै लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भयो।अपराह्न प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भयो। संसद् भवनमा भएको छलफलमा शुक्रबारको संसद् बैठकको गतिरोध अन्त्यका विषयमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए।

प्रधानमन्त्री र ओलीबीचको छलफलपछि प्रचण्ड र ओलीबीच छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *