सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नु हुँदैन


सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

“हाम्रो समाजवादी पार्टीलाई चाहिँ सत्ता पनि चाहिने, सत्ता छाड्न पनि नहुने, सरकारका काममा पनि सहयोग गर्न नपर्ने, जुलुस लगाउन पर्ने हो भने यो विरोधाभाषपूर्ण कुरा हुँदैन, कि सरकार छाडेर जनतामा जाउँ कि सरकारले ल्याएको प्रस्तावलाई स्वीकारेर अगाडि बढौँ”, उनले भनिन्।
पार्टी कार्यकर्ताका लागि पार्टीको निर्णय सार्वभौम भएकाले पार्टीले निर्णय गर्दै गर्दा विरोधाभाषपूर्ण निर्णय गर्न नहुने उनको तर्क छ ।
सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसिसी गलत भए आफूहरु ब्याक हुने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *