मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी वरदान रिलिज


अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘वरदान’ रिलिज भएको छ ।

निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म गज्जब टिभी युट्युब च्यानलबाट रिलिज भएको हो । शुभ मिडिया होमले निर्माण गरेको फिल्म २४ मिनेट अवधिको छ ।फिल्मले आत्महत्या रोकथामको विषयलाई उठाउँदै मानसिक स्वास्थ्यको संवेदनशीलतालाई सबैले ध्यान दिनुपर्ने विषय उठान गरेको छ ।
निर्देशक लामाले कोभिड९१९ पछि भएका लकडाउनले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफूलाई ‘वरदान’को कथा लेख्न प्रेरित गरेको बताए । ‘आत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका रहेछन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदानको कामलाई अगाडि बढाएँ,’ उनले भने ।

लकडाउनको बेला म्युजिक भिडियोमा छाएका दयाहाङले यो सर्ट फिल्ममा अभिनय गर्दा फरक अनुभव प्राप्त भएको सुनाए । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *