२१.६३ प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ६३ प्रतिशत बढी भएको हो ।
गत वर्षभन्दा यस वर्ष ८३ दशमलव २२ प्रतिशत बढी रू. ६ करोड ५४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले ७१ दशमलव ८४ प्रतिशत कम खराब कर्जा संकलन गरेको छ । गत वर्ष रू. २ करोड २७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू.६४ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा ४० दशमलव १२ प्रतिशत कम रकम सम्भावित जोखिमका लागि छुट्याएको छ ।