स्थानीय तहको निर्वाचनमा एक करोड ८६ लाख सम्म मतदाता पुग्न सक्ने – निर्वाचन आयोग
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ८६ लाख सम्म मतदाता पुग्न सक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २१ देखि २२ लाखसम्म मतदाताको संख्यामा वृद्धि भएकाले स्थानीय तहको निर्वाचनमा सो संख्यामा मतदाता पुग्ने अनुमान गरिएको हो ।
२०७४ सालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा एक करोड ५४ लाख मतदाता थिए । २०७७ पुस ५ सम्म मतदाता नामावली संकलनका लागि विशेष अभियान सञ्चालन गरेपछि मतदाता संख्या एक करोड ६२ लाख ४३ हजार पुगेको थियो ।