सम्पत्ति शुद्धिकरणमा राष्ट्र बैंकको कडाई, बैंकको यस्तो निर्देशन
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ७ लाख वा सोभन्दा माथि भएको नगद कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै गत साउन १ गतेदेखि पुष मसान्तसम्म भएका ७ लाख वा सोभन्दा माथिको नगद कारोबार भएको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।वाणिज्य बैंकहरुमा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीको निवारण गर्न गरेको कदमबारे राष्ट्र बैंकले अध्ययन गर्दै आएको छ ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धिकरण ईकाईले आतंकवादी क्रियाकलापमा वित्तीय लगानीका बारेमा स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गर्दै आएको छ ।