६ महिनामा चिलिमेको नाफा ४० करोड १२ लाख पुग्यो


चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा २.२४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३९ करोड २४ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर ४० करोड १२ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीले ६२ करोड ४८ लाखको बिजुली बेचेको छ भने अन्य आम्दानी ९ करोड ३१ लाख रहेको छ । ६ अर्ब २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब २७ करोड रहेको छ ।यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११.८९ रुपैयाँ , प्रति शेयर नेटवर्थ १४८.५७ रुपैयाँ र पीई रेसियो ४५.०१ गुणा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *