घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १२४० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।