२ दिनमै १८ सयले घट्यो सुनको मूल्य,कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा नौं सयले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा ९ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको थियो भने शुक्रबार पनि सुनको मूल्यमा सोही अनुसारको गिरावट आएको छ ।
यस्तै पछिल्लो २ दिनमा चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य पछिल्लो २ दिनमा मात्रै ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ पुगेको हो ।