एनएलजी इन्स्योरेन्सद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव


एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब २० करोड ६० लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीको माघ १३ गते बसेको सञ्चालन समितिको बैठकले गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *