आईपीओ निष्कासनका लागि एशियन हाइड्रोपावरले बोर्डमा दियो निवेदन


एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । यस अघि २८ कम्पनीहरुले आवेदन दिएकोमा यो कम्पनी थप भएसँगै यो संख्या २९ पुगेको छ ।

कम्पनीले ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । बोर्डको स्वीकृति पाएमा पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा र दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *