नेप्सेमा २ कम्पनीको ३० लाख कित्ता बढी बोनस शेयर सुचिकृत
आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता र कालिका लघुवित्त वित्तीय संस्थाको २ लाख ४५ हजार ५०८ दशमलव ९५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते सम्पन्न साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाले बैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।