सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि


सन् २०२२ को पहिलो कारोबार दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सन् २०२१ को अन्तिम दिन सुन तोलामा ६०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २७० रुपैयाँ पुुगेको छ । शुक्रबार भने चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *