उच्च र जिल्ला अदालतमा माघ २ गतेदेखि गोला प्रणालीबाट पेसी
सर्वोच्च अदालतको पूर्ण बैठकले आगामी माघ २ गतेबाट जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको पूर्ण बैठकले जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थावनका लागि आवश्यक नियमावली र निर्देशिका पारित गरेपछि माघ २ गतेबाट गोला प्रक्रिया कार्यान्वयनमा आउने भएको हो ।सर्वोच्च अदलातमा गत मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ ।