उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो
काठमाडौंको आज विहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
हिजो विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस रहेको थियो । आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ती कँणेल बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् कँणेलको भनाइ छ । यो वर्ष २.६ डिग्री सेल्सियससम्म तापक्रम झरिसकेको छ । चिसो अझै बढ्ने उनी बताउँछिन् । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन थालेको छ ।