मनकामना स्मार्ट लघुवित्तको साधारणसभा आह्वान
मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ। हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।