राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।

अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।
निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गरेका छन् । उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *