एक खेल बाँकी छँदै ,टी २० सिरिज नेपाललाई
नेपाली महिला क्रिकेट टोलीले कतारसँगको टी २० सिरिज एक खेल बाँकी छँदै जितेको छ। बुधबार सम्पन्न खेलमा कतारमाथि ६१ रनको जित निकालेसँगै लगातार दुई खेल जितेर सिरिज आफ्नो नाममा गरेको छ।
कतारस्थित वेस्ट इण्ड पार्क स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतार १९।३ ओभरमा ६८ रनमा समेटिएको थियो।
सुरुवाती ब्याटिङ गरेको नेपालका लागि रुविना क्षेत्रीले अर्धशतकीय पारी खेलिन्। उनले सर्वाधिक ५० रन बनाउँदा कविता कुवरले ३१ रन जोडिन्। त्यस्तै अप्सरी बेगम २३ रनमा अविजित रहिन्।
बलिङतर्फ कतारकी एन्जेलिन मरेले सर्वाधिक २ विकेट लिँदा एलेना खान, सबीजा पनियान र साची डाड्वलले समान १र१ विकेट लिए।