रुख कमजोर भयो भने ‘फेयर एन्ड लब्ली’ दलेर हुँदैन : विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस अब रूपान्तरण जानुपर्ने बताएका छन् । बुधबार भरतपुरमा आयोजित ‘दलमा रूपान्तरण देश रूपान्तरणका लागि’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसले आफ्नो विगतलाई समीक्षा गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसले बितेको पाँच वर्षको कांग्रेस र ७० वर्षअघिको कांग्रेसको समीक्षा गर्नुपर्नेबेला आएको उनले बताए । “रुख कमजोर भयो भने ‘फेयर एन्ड लब्ली’ दलेर हुँदैन । यसको जरानै बलियो हुनुपर्छ,” उनले भने, “अबको निर्वाचनमा तीन तहकै चुनाव जित्नुपर्ने तागत कांग्रेसमा हुनुपर्छ ।”राजनीति नबदलिए देश र समाज नबदलिने भन्दै उनले आफू र आफैँलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा अघिनै कांग्रेस क्रान्तिकारी भएको भन्दै उनले क्रान्तिमात्र नभएर कांग्रेस विनम्र पनि हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *