स्थानीय तहमा अनुकुलन कार्यक्रम लागु गर्ने नेपाल विश्वमै पहिलो मुलुक !
जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा) निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम ९ लापा० कार्यान्वायनमा ल्याएको थियो ।लापा कार्यक्रम सञ्चालन गर्ने नेपाल अति कम विकसित मुलुकहरुमा पहिलो मुलुक भएको छ ।
बेलायतको ग्लास्गो शहरमा जम्मा भएका जलवायु परिवर्तनका असरले ज्यादै जोखिममा परिरहेका र विपद् सामना गरिरहेका मुलुकका प्रतिनिधिहरुले नेपालले अवलम्बन गरेको स्थानीय स्तरको नेतृत्वमा अनुकुलन कार्यक्रम व्यवहारिक, पारदर्शी तथा प्रतिफलमूखि भएको भन्दै सह्राना पनि गरेका छन् ।