माछापुच्छ्रे बैंकको लाभांश पारित, अधिकृत पुंजी १५ अर्ब


माछापुच्छ्रे बैंकको लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साधारणसभाले पारित गरेसंगै अब उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै बैंकले सभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्नरगाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ।

त्यस्तै साधारणसभाले संचालक समितिमा रिक्त रहेको संचालक पवमा संचालक समितिले साविक संचालकको बाँकी कार्यकालसम्मको लागि गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *