५६ प्रतिशतले बढ्यो,माछापुच्छ्रे बैंकको नाफा


माछापुच्छ्रे बैंकको नाफा ५६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २० करोड ६ लाख ९५५.५९ प्रतिशत० ले बढी हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१ करोडले बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्चमा वृद्धि भएपछि सो बैंकको खुद ब्याज आम्दानी बढेको हो ।

यो पटक बैंकले इम्पेरिमेन्ट चार्जबापत ५ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । अघिल्लो वर्ष यो शीर्षकमा झन्डै १२ करोड रुपैयाँ छुट्याएको थियो ।
इम्पेरिमेन्ट चार्ज घट्दा यसले नाफा वृद्धिमा सहयोग गरेको छ । यो त्रैमासमा बैंकको कर्मचारी खर्च र सञ्चालन खर्च दुवै बढेको छ । ह्रासकट्टितर्फको खर्च समेत यसपटक बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *