मुक्तिनाथ कृषि कम्पनीले पनि आईपिओ निष्काशन गर्ने
मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
वि।स। २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसअन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकता अनुसार कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष्य लिएको जनाएको छ ।
मुक्तिनाथ बिकास बैंक लि। लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । कम्पनीले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको जनाएको छ ।