३३ किलो सुन प्रकरणमा चुडामणि उप्रेती (गोरे) सहित ६ जनालाई जन्मकैद


त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको फैसला भएको छ। जिल्ला अदालत मोरङले मंगलबार चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले सफाइ पाउँदा २१ जना प्रतिवादी अझै फरार छन्।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) लाई जन्मकैद सजाय सुनाइएको हो। त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैद सुनाइएको हो। दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।

८ जनालाई सजाय तोकिएको छ। बांकी ४८ जनाले सफाइ पाएका छन्, जिल्ला अदालत मोरङका श्रेस्तदार टिकेन्द्रवीरजंग राणाले बताए।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

२०७५ वैशाख १९ गते सातजना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *