सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता


सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ ।

पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि यहाँका नागरिक अन्योलमा परेका हुन् । पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत प्राविधिकसहितको सरकारी टोली आएको थियो ।
उक्त सरकारी टोलीले हालसम्म पनि पश्चिम सेती आयोजना बन्नेरनबन्ने विषयमा अहिलेसम्म खासै आधिकारिक धारणा नदिएका कारण यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा आशङ्का पैदा भएको नेकपा (समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले बताए ।

उनले भने, “पश्चिम सेती निर्माणका लागि भन्दै दर्जनौँ पटक अनुगमन भइसके पनि बन्ने कुनै सुरसार छैन, सरकारी क्षेत्रबाट पश्चिम सेती बनाउने विषयमा चासो नै भएन ।”

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योलता कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *