चीनसँगको लद्दाखस्थित सीमामा भारतले पठायो अत्याधुनिक तोप


भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन्।
चीनले चीन र भारतबीच लद्दाखमा लामो समयदेखि सीमा विवाद छ । विवाद समाधानका लागि अक्टोबरको दोस्रो साता १३ औं चरणको सैनिक स्तरीय वार्ता गर्ने तयारी पनि चलिरहेको छ । यता पाकिस्तानले फेरि एकपटक युद्धविराम तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पूर्वी लद्दाख, उत्तरी कमाण्ड र पूर्वी कमाण्डमा पनि ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *