‘रुदाने’ टिजरमा रुपचन्द्र विष्टको संघर्ष प्रस्तुत
फिल्म रुदाने- विद्रोहको नेपाली नाम को टीजर सार्वजनिक भएको छ। फिल्ममा विद्रोही नेता रुपचन्द्र विष्टको (रुदाने) राजनीतिक जीवनको पाटोलाई देखाइएको छ।
यो फिल्म थाहा दर्शनका अभियन्ता, दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित छ। रुदानेु नाम रुपचन्द्र आफैले राखेको उपनाम हो। जसको अर्थ हुन्छ रु-रुप दा-दामन र ने- नेपाल।
रुपचन्द्र बिष्टको जीवन र संघर्षमा आधारित यो फिल्ममा विष्टको भूमिका कलाकार दिव्यदेवले निभाएका छन्। दिव्यदेवका साथै फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अम्बेर सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
फिल्ममा अमित किशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन र निर्देशन रहेको छ।दावनल क्रियसनले निर्माण गरेको फिल्ममा प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन्। त्यसैगरी सहनिर्मातामा भानुभक्त थापा र सहायक निर्मातामा पदमकेशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन्।