अवरुद्ध संसद खुलाउने प्रयासस्वरूप प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक


प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार प्रमुख विपक्षी एमालेले प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जाने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । राष्ट्रियसभा सदस्यसमेत रहेका दाहालले भने,’प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जान्छौँ, आफ्ना कुरा राख्छौँ ।’

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *