यी दुई औषधि बजारबाट तत्काल फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन


औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ । क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।
बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा दुवै कम्पनीले उत्पादन गरेको यी दुई औषधिमा न्यून गुणस्तर पाइएको हो । औषधि व्यवस्था विभागले दुई कम्पनीलाई औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यस्तै, विभागले बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *