काठमाडौंमा आज मध्याह्नपछि पानी पर्ने सम्भावना


आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । बिहान पूर्वी तराईको झापा र आसपासका स्थानमा वर्षा भइरहेको छ । दिउँसो भने देशका धेरै जसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् ।

“आज देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन् ।

काठमाडौंमा आज पनि वर्षा हुने उनले जानकारी दिइन् । मध्याह्नपछि हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ । “काठमाडौंमा आज १० देखि ५० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको छ,” उनले भनिन् ।

सामान्यतया नेपालमा अक्टोबर २ बाटा मनसुन बाहिरिन्छ । तर, यो औसत समय हो । त्यसैले यो वर्ष औसत निर्धारण गरिएको समयमा मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविद् शाक्य बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *