उपत्यकामा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने


काठमाडौं उपत्यकामा असोज ४ गतेदेखि कोरोनाविरुद्ध भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । आज भेरोसेलको ४४ लाख डोज खोप काठमाडौं ल्याइएसँगै दोस्रो डोजको खोप अभियान सञ्चालन हुने भएको हो ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंकरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
खोप कार्यक्रमका लागि कार्यालयले काठमाडौं महानगरमा ३२ ओटा खोपकेन्द्र तोकेको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा ९, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरि नगरपालिकामा १५, बूढानीलकण्ठ नगरपालिकामा १३, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, टोखा नगरपालिकामा ११, शंकरापुर नगरपालिकामा ९ र कागेश्वरी मनोहरामा ९ वटा खोपकेन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *