कोभिड अस्पतालमा आगलागी हुंदा १४ जनाको मृत्यु


नर्थ मेसेडोनियामा एक कोभिड १९ अस्पतालमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ।

तेभोतो शहरमा रहेको उक्त अस्पतालमा लागेको आगो एक घण्टाभित्रै नियन्त्रणमा लिइएको थियो। अधिकारीहरुले आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताएका छन्। अक्जसिजन सिलिन्डरहरु पड्किएपछि आगो झनै तिब्र गतिमा फैलिएको अनुमान गरिएको छ।

स्वास्थ्य मन्त्री भेन्को फिलिसेले अस्पतालमा रहेका अन्य बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गरिसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *