तालिबान सरकारका लागि कार्यवाहक मन्त्रीहरुको घोषणा
अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले अन्तरिम सरकारको घोषणा गरको छ । मंगलबार साँझ तालिबानको संस्थापकमध्येका एक मोहम्मद हसन अखुँदको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले जानकारी दिएको बीबीसीले जनाएको छ । यसैगरी, मुल्ला याकूब रक्षामन्त्री तथा सिराजुद्दीन हक्कानीलाई गृहमन्त्री बनाइएको छ ।
गृहमन्त्री बनेका हक्कानी अमेरिबी एजेन्सी एफबीआईको ‘आतंकवादी’का सूचीमा छन् । रक्षामन्त्री बनेका याकूब तालिबानका संस्थापक मुल्ला उमरका छोरा हुन् । आमिर खान मुत्तकीलाई विदेशमन्त्रीको जिम्मेवारी दिइएको छ । नवगठित सरकारमा कुनै पनि महिला मन्त्री छैनन् ।
तालिबानका सह-संस्थापक मुल्ला अब्दुल गनी बरादरलाई उपप्रधानमन्त्री बनाइएको छ ।