नेपाली कांग्रेसको ११ जिल्लाको वडा अधिवेशन आज


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार ११ जिल्लामा वडा अधिवेशन हुँदैछ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार भदौ १८ मा हुन नसकेका ११ जिल्लाको अधिवेशन आज हुन लागेको हो ।

अधिवेशन अन्तर्गत आज सुनसरी, नुवाकोट, धादिङ जिल्लाका सम्पूर्ण वडाहरुमा अधिवेशन हुनेछ । यस्तै चितवन, ललितपुर, वाग्लुङ, नवलपूरमा पनि वडा अधिवेशन हुँदैछ । सविच श्रेष्ठका अनुसार सल्यान, मुगु र वैतडीमा पनि अहिले अधिवेशन भइरहेको छ ।

“अब लगभग ५६ जिल्लामा वडा अधिवेशन सकिन लाग्यो,” श्रेष्ठले भने, “बाँकी रहेका २१ जिल्लाको अधिवेशन चाहिँ पार्टीले क्रियाशीलको अन्तिम नामावली दिएपछि मात्र हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *