प्रतिगमनको नयां भेरिएन्ट जन्मन सक्ने खतराको ख्याल राखौं : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अरुलाई खाने बाघले आफूलाई पनि खान सक्ने भन्दै विदेश नीतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयॉ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयॉ भेरिएन्ट जन्मन सक्ने समेत भट्टराईले बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिँदै उनले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राखेका हुन् ।उनले भनेका छन्, ‘देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयॉ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयॉ भेरिएन्ट जन्मन सक्छ ।
देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं । ख्याल राखौं-अरूलाई खाने बाघले आफुलाई पनि खानसक्छ !’